३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रविको पक्राउविरुद्ध रास्वपाद्वारा आयोगमा निवेदन दर्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ ।

बुधवार पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरी सभापति लामिछानेको पक्राउ गैरकानूनी र मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै आयोगमा निवेदन दिएको जानकारी दिएको हो । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछानेको पक्राउ अस्वभाविक र राज्यको गैरकानूनी हर्कत भएको बताए । उनले बिना अनुमति हातहतियारसहित प्रहरीको ठूलो संख्या सभापति लामिछानेको शयन कक्षसम्म पुग्नु असभ्यताको पराकाष्ठा भएको बताए ।

लामिछानेले आफैँ गिरफ्तारी दिने बताए पनि प्रहरीले धरपकड र जबरजस्ती बल प्रयोग गरेको बताए । उनले प्रहरीले मृत्युदण्डको समयमा सोधिने अन्तिम इच्छा के छ जस्ता असामान्य र आपत्तिजनक प्रश्नहरु गरेको बताए । उनले जिल्ला अदालतको काम कारबाहीमा अनुचित हस्तक्षेप गरी उच्च अदालतको आदेश कार्यान्वयन गर्नु सभापति लामिछानेको स्वच्छ अनुसन्धानको विरुद्ध रहेको बताए। प्रहरीले आततयी रुपले पक्राउ गरिएको भन्दै उनले स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक र वैयक्तिक गोपनीयताको हनन गरेको आरोप लगाए ।

कार्यवाहक महामन्त्री बुर्लाकोटीले राज्य संयन्त्रले मानवअधिकार हनन गरेको भन्दै राज्यको कदमको पार्टीले भत्सना गरेका बताए ।

 

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  २ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।