३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तीनकुने घटनामा दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन



काठमाडौँ
नेपाल पत्रकार महासङ्घले दिवङ्गत स्वर्गीय पत्रकार सुरेश रजकको सम्झनामा आज बेलुका माइतीघरमा मण्डलामा दीप प्रज्वलन गरेको छ ।

महासङ्घको अगुवाइमा पत्रकारहरुले माइतीघर मण्डलामा दीप प्रज्वलन गरी यही चैत १५ गते दिवङ्गत हुनुभएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

पत्रकारहरूले सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए । पूर्वराजाका समर्थकहरुले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्यु भएको थियो ।

त्यसैगरी महासङ्घका उपाध्यक्ष उमितप्रसाद वाग्चनको प्रतिनिधिमण्डलले दिवङ्गत पत्रकार रजकको १३औँ पुण्यतिथिमा आज परिवारलाई भेटगरी समवेदन पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।