१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मकवानपुर बकैयामा बस दुर्घटना, ३१ जना घाइते



काठमाडौं । मकवानपुर बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । बकैया गाउँपालिका –३ चिसापानी बजारस्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा चिसापानीबजार स्थित धरान चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौँडा तर्फ आउँदै गरेको घुम्तीमा दुर्घटना भएको उनले बताए । उनका अनुसार दुर्घटनामा बसमा चालकसहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।