१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वर्षापछिको पहिरोले विभिन्न सडक अवरुद्ध



काठमाडौं । वर्षासँगै पहिरो जाँदा विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। गएरातिको वर्षापछि देशका नौवटा सडकमा पहिरो खसेको हो।

पहिरोले रुकुम पश्चिम, कालीकोट, सल्यान लगायतका जिल्लामा मुख्य राजमार्ग नै पूर्णरुपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको मुसिकोट ११ पृतिवाङमा पहिरो खस्दा हिजोदेखि नै राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरी जाजरकोटको पचालझर्ना ८ मा पनि पहिरो खस्दा सुर्खेत जुम्ला सडक पनि अवरुद्ध भएको छ।

सल्यानमा पनि पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। कतिपय ठाउँमा खसेको पहिरो पन्छाएपछि सडकमा गाडी गुड्न थालेका छन्।

बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ।

 

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।