७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्वार्ता


‘निर्देशकको क्षमता ‘कथा भन्ने शैली’बाट देखिन्छ’



एउटा राम्रो कलाकारसँग काम गर्दा निर्देशकले क्षमता फराकिलो बनाउने अवसर पनि पाउँछ । चलचित्रको कथाले न्याय पाउछ । निर्देशकले जस लिन सक्छ । त्यसैले निर्देशकलाई राम्रा कलाकारहरुसँग काम गर्न लोभ जाग्ने रहेछ ।

काठमाडौं
आजकल चलचित्र निर्देशक कृषा चौलागाईको चर्चा छ । हुन त उनले इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलाँसजस्ता चलचित्र निर्माण गरिन् । अ‍ैचौपैचो चलचित्र निर्देशन गर्दा पनि उनको विषयमा सामान्य चर्चा थियो ।
यही शुक्रबारबाट चलचित्र ‘पिताम्बर’ प्रर्दशनको तयारीमा छ । गज्जवको एक्सन रहेको यस चलचित्रकी जुझारु निर्देशक कृषाको कामलाई लिएर चर्चा बढेको छ । प्रचारका क्रममा सार्वजनिक भएको टिजर गीत र ट्रेलरले कृषाकाृ कामलाई दिएर प्रशंसा भइरहेको हो । उनै निर्देशक कृषासँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, निर्देशक कृष चौलागाईसँग गरिएको कुराकानकिो सम्पादित अंश :

चलचित्र पिताम्बरमा नाम चलेका धेरै स्टारहरु राखेर चलचित्र निर्माण गर्नु भएको छ । चलचित्रमा धेरै कलकारहरु किन जरुरी थियो र ?

सुरुमा त मैले परिक्षण गर्न चाहेको थिए । धेरै कलाकारहरुसँग मिलेर काम गर्न सकिन्छ कि सकिन्न भन्ने । सबै कलाकारहरुसँग कुरा गर्दै जाँदा उहाँहरुले कथा मन पराउनु भयो । संयोग पनि मिल्यो । काम गर्न राजी हुनु भयो । सबैलाई एकै पल्ट चलचित्र खेलाउने समय पनि मिल्यो । शायद समय राम्रो थियो ।
एउटा राम्रो कलाकारसँग काम गर्दा निर्देशकले क्षमता फराकिलो बनाउने अवसर पनि पाउँछ । चलचित्रको कथाले न्याय पाउछ । निर्देशकले जस लिन सक्छ । त्यसैले निर्देशकलाई राम्रा कलाकारहरुसँग काम गर्न लोभ जाग्ने रहेछ ।

नेपाली चलचित्र क्षेत्रका कलाकारहरु एक अर्कोसँग मिल्दैनन् । उनीहरुबीच ‘इगोको लडाँई छ’ भन्ने चर्चा सुनिन्छ । कलाकारहरुलाई एउटै सेटमा राखेर काम गराउदा कस्तो लाग्यो ?

चलचित्रको सेटमा सबैसँग रमाइलो पाराले काम भयो ।

आजकल चलचित्रका हिरो हिरोइनहरु भन्दा पनि कथा राम्रो भएका चलचित्र चलिरहेका छन् । कथालाई अघि बढाउन मेहनत के कति गर्नु भएको छ ?

मैले कथाहरुलाई एक्सपेरिमेन्ट गर्ने गरेको छु । कथाहरुलाई रिसोलुसन दिने मेरो बानी छ । म दुखान्त कथालाई पनि फरक तरिकाले भिजुअल्ली भन्न मन पराउछु । कथालाई साधारण तरिकाले भन्न पनि सकिन्छ । तर पिताम्बरमा धुमाएर भन्न खोजेको छु । सम्पादनमा मेरो निर्दशकीय क्षमता र दृष्टिकोणको पनि कुरा हुन्छ । यो पाटोमा पनि धेरै मेहनत गरेकी छु ।

 

मेरो कथा भन्ने शैली फरक छ । यो विषयमा दर्शकबीच चर्चा भइदिओस् भन्ने मेरो सधै इच्छा हुन्छ

नेपाली निर्देशकहरु निर्देशकहरुको कथा भन्ने शैलीलाई लिएर विभिन्न टिप्पणी सुनिन्छ । निर्देशकहरुले परम्परागत शैली नछोडेको भन्ने आरोप पनि छ । हजुरले चलचित्रमा भिजुअल्ली कथा भन्ने शैलीलाई कसरी अघि बढाउनु भएको छ ?

चलचित्रमा भिजुअल्ली कथा भन्ने शैलीका कारण पनि चलचित्रमा फरक परिरहेको हुन्छ । मैले बनाएको चलचित्रको प्रस्तुती र शैलीका कारण एउटा चलचित्र बनेको हुन्छ भने अरुले बनाएको चलचित्र अर्कै हुने गर्छ । एउटा निर्देशकको असली क्षमता नै यहीबाट देखिन्छ जस्तो लाग्छ । संसारमा हामीले चलचित्रहरुमा उही कथा हुन्छ । मायाँप्रेम, धोका, लडाई, परिवारिक कथा र रोनाधोना नै हो । निर्देशकले कथा वाचनशैलीमा मिठास र कलात्मक भर्न सकेको छ छैन भन्ने हो । मेरो कथा भन्ने शैली फरक छ । यो विषयमा दर्शकबीच चर्चा भइदिओस् भन्ने मेरो सधै इच्छा हुन्छ ।

भनिन्छ, चलचित्रलाई निर्देशकको आँखाबाट हेरिन्छ । क्षमतावान् निर्देशकले कलाकारको कलालाई निखार ल्याउन सक्ने विश्वास गरिन्छ । कलाकारको क्षमता अगाडि ल्याउन हजुरको भूमिका कस्तो रह्यो ?

मैले चलचित्रमा मेहनत गरेकी छु । लयबद्ध तरिकाले चलचित्र अघि बढाएकी छु । कतिपय कलाकारहरुको पात्रको फरक भूमिका छ । सही तरिकाले ड्राइभ गरेर चलचित्रलाई गन्तव्यमा पु¥याएकी छु ।

धेरै कलाकारहरुसँग काम गर्ने क्रममा कठीन भयो कि ?

लेन्स : सुरेन्द्र थापा

सिनियर अनि नाम चलेका र छुट्टै परिचय बनाएका कलाकारहरुलाई चलचित्रमा अनुबन्धित गराएकी थिए । आफैलाई सिनियर कलाकारहरुसँग काम गर्न केही अप्ठ्यारो पक्कै लाग्छ । तर मैले चलचित्र निर्देशकको बेला उहाँहरुलाई सामान्य व्यावहार गरेकी थिए । उहाँहरुको पनि धेरै सहयोग थियो ।

निर्देशकले चलचित्र सुरु गर्दा एउटा दृष्टिकोण हुन्छ । निर्माण सम्पन्न हुँदा अर्कै बनेको अनुवन निर्देशकहरुको सुनिन्छ । चलचित्र पिताम्बर निर्देशन गर्दा तपाईको अनुभव कस्तो रह्यो ?
चलचित्र मेरो सोच अनसार नै बनेको छ । चलचित्र जस्तो सोचेर निर्माण सुरु गरेको थिए अन्तमा यस्तै बनेको छ ।

भारतीय प्राविधिकहरुले चलचित्रका निर्माणका क्रममा लिनु भएको छ । पिताम्बरमा किन भारतीय प्राविधिकहरुको जरुरी प¥यो र ?
कतिपय प्रविधि चाहेर पनि नेपालमा भेटिन्न । चलचित्रलाई साँच्चै राम्रो बनाउन उहाँहरुको क्षमतालाई चलचित्रमा उपभोग गर्न पनि मन लाग्यो । धेरै प्राविधिकहरु व्यस्त पनि हुनुहुन्छ, त्यसैले ।

 

 

 

 

चलचित्रको दृश्यभाषा

 

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  १२ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।