१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बारको अध्यक्षमा मिश्र र महासचिवमा कोइराला विजयी, कसले कति मत पाए ?



काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा काँग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् । मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।

महासचिवमा पनि काँग्रेस- एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए । अन्य सबै पदाधिकारीमा काँग्रेस- एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २७ चैत्र २०८१, बिहिबार  २ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।