३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितुवाको आक्रमणबाट बालिकाको निधन



दमौली (तनहुँ)
तनहुँको बन्दीपुर गाउँपालिका–२ कामीडाँडामा आज चितुवाको आक्रमणबाट एक बालिकाको निधनभएको छ । मृत्यु हुनेमा दश वर्षीया अनुजा विक रहेकी छिन् ।

फुपुको घरमा जाँदै गरेको अवस्थामा चितुवाको आक्रमणबाट विकको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय भानुको टोली घटनास्थलमा गएको छ ।

डिभिजन वन कार्यालयले घटनास्थल वरपर सबै सतर्क भइ सुरक्षित रहन आग्रह गरेको छ ।
कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातिको समयमा घरगोठ उज्यालो बनाउन तथा एक्लै नहिँड्न आग्रह गरेको छ । तनहुँमा पछिल्लो केही वर्ष यता चितुवाको त्रास बढ्दो छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ७ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।