४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वीरगन्जमा तनावग्रस्तपछि तोडफोड, प्रशासनद्वारा कफ्र्यु आदेश जारी



 

वीरगन्ज
हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ । शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको थियो ।

झडपपछि प्रहरीले भीड नियन्त्रणमा लिनका लागि अश्रुग्यास प्रहार गरेको छ भने प्रर्दशनकारीले तोडफोड र आगजनी गरेका छन् ।

भीडले दर्जनभन्दा धेरै मोटरसाइकलमा आगजनी गरेको र झडपका कारण कम्तीमा ८ जना घाइते भएका छन् । प्रर्दशनकारीले सडकमा टायर बालेर प्रर्दशन गरेका हुन् ।
अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले अहिले ६ ३० बजेदेखि भोलि आइतबार विहान १२ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।
कफ्र्यु भेडियाही चोक, पश्चिममा वीरगन्ज–२५ को सिर्सिया चोक, उत्तरमा वीगरन्ज–१४ को गण्डक चोक र दक्षिणमा वीरगन्ज–१६ को शंकराचार्य चोकसम्म लाग” गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ७ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।