८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चट्याङ लागेर तीनजनाको निधन 



काठमाडौँ
 पछिल्लो २४ घण्टामा चट्याङ लागेर तीनजनाको निधन भएको छ भने देशभर घटेका विभिन्न घटनामा १६ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले चट्याङ लागेर तीनजनाको निधन भएको जनाउँदै १३ जना घाइते भएका बताएका छन् । प्राधिकरणका प्रवक्ता र केसीले हावाहुरीका कारण एकजना र जनावरको आक्रमणबाट दुईजना घाइते भएका बताएका छन् ।
प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको २४ घण्टाको अवधिमा ५९ जिल्लामा एक सय नौ वटा विपद्जन्य घटना भएका छन् भने ती घटनामा परेर मावनीयसँगै ठूलो आर्थिक क्षति भएको छ ।
यस्तै २२ वटा पशुचौपाय पनि मरेका छन् । ती घटनाबाट रु दुई करोड ९० लाखको आर्थिक क्षति भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार १२ जिल्लामा आगलागी, १३ जिल्लामा चट्याङ, १७ जिल्लामा हावाहुरीका घटना भएका छन् । आगलागीका १४ घटना भएका छन् भने चट्याङका १७ घटना भएका प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  १२ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।