काठमाडौं । देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि ३ दिनसम्म देशका अधिकांस स्थानमा लगातार वर्षा हुने भएको हो ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार, स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ । उनका अनुसार भारतको उत्तर प्रदेशको प्रभाव अहिलेको वर्षामा देखिएको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया