१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपाले तोक्यो प्रदेश इन्चार्ज



काठमाडौं । रास्वपाले सातै प्रदेशका इन्चार्ज तोकेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले प्रदेशका इन्चार्जहरू तोकेको हो ।

जसअनुसार कोशी प्रदेशको इन्चार्ज सन्तोष परियार तोकिएका छन् । मधेस प्रदेशको इन्चार्जमा मनिष झा,बागमती प्रदेशको इन्चार्जमा लिमा अधिकारी तोकिएकी छन् ।

गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल,लुम्बिनी प्रदेशको इन्चार्ज विपिन कुमार आचार्य तोकिदा कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली र सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल तोकिएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ७ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।