३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आगलागीपछि दुई वालवालिका घाइते



काभ्रे
काभ्रेमा आगलागीपछि दुई वालवालिका घाइते भएका छन् ।

प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिका–१० पाखाटोलका कुमार रेग्मी मगरको घरमा आगलागीपछि दुई वालवालिका ९ वर्षकी छोरी समीक्षा र ६ वर्षका छोरा सक्षम घाइते भएका हुन् ।

बाबुआमा बारीमा काम गर्दै गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा बिहीबार दिउँसो आगलागी भएको थियो ।

घाइतेहरुलाई तत्कालै उद्दार गरी उपचारको लागि अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन् । उनीहरुको काठमाडौंस्थित कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय, इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगलागी नियन्त्रण लिएर घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।