१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आगलागीपछि दुई वालवालिका घाइते



काभ्रे
काभ्रेमा आगलागीपछि दुई वालवालिका घाइते भएका छन् ।

प्रहरीका अनुसार काभ्रेको रोशी गाउँपालिका–१० पाखाटोलका कुमार रेग्मी मगरको घरमा आगलागीपछि दुई वालवालिका ९ वर्षकी छोरी समीक्षा र ६ वर्षका छोरा सक्षम घाइते भएका हुन् ।

बाबुआमा बारीमा काम गर्दै गर्न गएको बेला आगो बालेर ताप्ने क्रममा बिहीबार दिउँसो आगलागी भएको थियो ।

घाइतेहरुलाई तत्कालै उद्दार गरी उपचारको लागि अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन् । उनीहरुको काठमाडौंस्थित कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय, इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीको सहयोगमा आगलागी नियन्त्रण लिएर घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको हो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।