काठमाडौं । सर्भर समस्याका कारण देशभरका अधिकांश सरकारी वेबसाइट ठप्प भएका छन्। शुक्रबार बिहानदेखि सञ्चालनमा नरहेका यी वेबसाइटले नागरिकलाई सूचना र सेवाबाट वञ्चित गरेको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेबसाइटसहित संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहका वेबसाइटमा समस्या देखिएको छ। डीएनएस सर्भरमा आएको खराबीले धेरैजसो वेबसाइट पूर्ण रूपमा बन्द छन् भने केही स्थानीय तहका वेबसाइट कहिले खुल्ने त कहिले बन्द हुने अवस्थामा छन्। प्रयोगकर्ताले वेबसाइट खोल्दा ‘दिस साइट क्याननट बी रिच्ड’ भन्ने सन्देश देखिएको छ।
प्रतिक्रिया