१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको निधन



कलैया (बारा)
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ भुइँपुलस्थित सडकमा आज टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको निधन भएको छ ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय नारायणहरि शर्मा र तत्काल नाम, थर, वतन नखुलेको कार चालकको निधन भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते भएका दुवै जनाको प्रसूति अस्पताल निजगढ बारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताएका छन् । टिपर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।