१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपाको प्रदर्शन सकियो, आकस्मिक बैठक बस्दै



काठमाडौं । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भनी राप्रपाले आइतबार गरेको प्रदर्शन सकिएको छ । पार्टी अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू पक्राउ परेपछि राप्रपाको आन्दोलन नै फितलो भएको थियो । नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका थिए । कार्यकर्ताहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए ।

राप्रपाले घोषित रूपमै निषेधित क्षेत्र तोड्ने भनेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । केही स्थानहरूमा सामान्य धकेलाधकेल भए पनि कुनै अप्रिय घटना भने भएको छैन ।

पार्टी नेताहरू पक्राउ परेपछि अहिले राप्रपाको आकस्मिक बैठक चार बजे बस्दै छ । प्रहरीले अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा लगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ४ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।