काठमाडौं
निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् । दिनभर नियन्त्रणनमा राखी साँझ उनीहरुलाई रिहा गरिएको हो ।
आइतबार अपरान्ह पक्राउ परेका उनीहरुलाई साँझ पौने ६ बजे रिहाई गरिएको हो । निषेधित क्षेत्र, सिंहदरबारमा प्रदर्शन गरेपछि प्रहरीले राप्रपाका नेताहरुलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य लगायतलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया