काठमाडौं । नेपाल सरकारले भारतको जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।
मन्त्रालयले भनेको छ – ‘नेपाल दुःखको यो घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ । नेपाल सबै प्रकारका आतङ्कवादको निन्दा गर्दछ । यो हाम्रो दृढ अडान हो । आतङ्कवादका यस्ता जघन्य कार्य सर्वदा अनुचित छन् ।’
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उक्त आक्रमणमा परी दुई विदेशीसहित २६ जनाको मृत्यु भएको छ, जसमा एक जना नेपालीसमेत रहेका छन् ।
प्रतिक्रिया