पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय सुजन सुनुवार समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो
ललितपुर
ललितपुरको डुकुछापबाट १४ जना जुवाडे पक्राउ परेका छन् ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ८ डुकुछाप खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास उनीहरु जुवातास खेलिरहेका थिए ।
सोही स्थानमा पसलका संचालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रविण खड्का समेत १४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ८ सय ७५ रूपैयाँ र ८ गड्डी तास सहित पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया