१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गोरखा भूकम्पको १० वर्ष पुगेकै दिन उही समय सिन्धुपाल्चोकमा भूकम्पको धक्का



काठमाडौं । गोरखा भूकम्प गएको १० वर्ष भएकै दिन आज सिन्धुपाल्चोकमा धक्का महसुस भएको छ। आज शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार यो परकम्प गोरखा भूकम्पपछि चार म्याग्नेच्युडमाथिको ६०३औं परकम्प गएको हो। २०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्र भएर ७.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो।   गोरखा भूकम्पका कारण सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक र गोरखामा भएको थियो। गएराति पनि रुकुमपूर्वमा पनि भूकम्पको धक्का महसुस भएको थियो।

 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।