१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गोरखा भूकम्पको १० वर्ष पुगेकै दिन उही समय सिन्धुपाल्चोकमा भूकम्पको धक्का



काठमाडौं । गोरखा भूकम्प गएको १० वर्ष भएकै दिन आज सिन्धुपाल्चोकमा धक्का महसुस भएको छ। आज शुक्रबार बिहान ११:५३ बजे सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्र भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार यो परकम्प गोरखा भूकम्पपछि चार म्याग्नेच्युडमाथिको ६०३औं परकम्प गएको हो। २०७२ वैशाख १२ गते बिहान ११:५६ बजे गोरखाको बारपाक केन्द्र भएर ७.९ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो।   गोरखा भूकम्पका कारण सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक र गोरखामा भएको थियो। गएराति पनि रुकुमपूर्वमा पनि भूकम्पको धक्का महसुस भएको थियो।

 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।