१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भर्खरै ४ दशमलव १ रिक्टर स्केलको भूकम्पको धक्का



काठमाडौँ
भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ ।
सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५७ मिनेट जाँदा फुल्पिङकोट आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि हिजो साँझ ७ बजेर ३४ मिनेट जाँदा रुकुमको रन्मामैकोट केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको थियो ।
गत २०७२ सालको महाभुकम्पपछि देशभरका विभिन्न स्थानमा केन्द्रबिन्दु भएर हजारौं भुकम्पको धक्का महसुस गरिएको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।