१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार बिहान निर्णायक वार्ता हुने



काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच शनिबार बिहान वार्ता हुने भएको छ । वार्ता बिहान ७ः३० बजे हुने भएको हो । शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले जानकारी दिए ।

शुक्रबार ३ बजे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेपाल शिक्षक महासंघका नेतासँग वार्ता गर्न मन्त्रालयमा कुरेर बसेका थिए । तर शिक्षकहरु मन्त्रालयम नपुगी फर्किएपछि वार्ता हुन सकेन । मन्त्रालयले के कारणले वार्ता नभएको भन्ने नखुलाए पनि भोलि निर्णायक वार्ता हुने जनाएको छ । यता नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको बताए ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।