३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


शिक्षक आन्दोलनविरुद्ध गोदावरी नगरपालिका, विद्यालय खुलाउन सूचना प्रकाशित



ललितखबर
पछिल्लो समय देशभरका शिक्षकहरु आफ्ना माग पुरा गर्न दबाबमुलक आन्दोलन गरिरहेको अवस्थामा गोदावरी नगरपालिकाले भने विद्यालय खुलाउन सूचना प्रकाशित गरेको छ ।
नगरपालिकाका मेयर गजेन्द्र महर्जनको हस्ताक्षर रहेको सूचनामा यही वैशाख १५ गतेदेखि नगरका सबै विद्यालय खुलाएर भर्ना अभियान र पठनपाठन सुरु गर्न भनिएको छ ।
संघीय सरकारले माग पुरा नगरेको अवस्थामा स्थानीय सरकारले सूचना प्रकाशित गरेर काममा फर्कन उर्दी जारी गर्नुलाई दवाव दिइएको रुपमा लिदै सामाजिक सञ्जालमा आलोचनासँगै विभिन्न टिप्पणी गरेका छन् ।
विद्यालयलाई केन्द्र सरकार मातहत राखेर नियमन गर्न माग राखेर आन्दोलन गरिरहेको सन्दर्भमा स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले सूचना प्रकाशित गरेर दबाब दिएको हो ।

शिक्षकहरुको माग पुरा गरेर तीन दिनभित्र पठनपाठनको वातावरण बनाउन सर्वोच्चको आदेशपछि आज सरकार र शिक्षकहरुबीच वार्ता हुँदैछ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।