३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जम्मु कश्मीरमा आतंककारी आक्रमणका हिन्दुवादी यात्रीहरूको दुःखद निधनप्रति पुर्वराजा ज्ञानेन्द्र दुःखी



काठमाडौं
भारतको जम्मु कश्मीरमा आतंककारी आक्रमणका कारण हिन्दुवादी यात्रीहरूको दुःखद निधनप्रति पुर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

एक विज्ञप्ती प्रकाशित गरेर उनले घटनामा परी जीवन गुमाएका सम्पूर्ण नेपाली सहित सबै दिवंगत आत्माहरूको हाम्रो भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

शनिबार जारी शोक वक्तव्यमा भनिएको छ –“बसुधैव कुटुम्बकम” को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दु धर्मावलम्बीहरूको दिव्य मानवीय मान्यता हो,’ जारी शोक वक्तव्यमा भनिएको छ, ‘त्यो मान्यता विपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराउनु सर्वथा धर्मविरुद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं ।’
‘सम्पूर्ण विश्ववेशन र समग्र हिन्दु समुदायलाइ नै मर्मान्त पार्न भएको यस्ता घटनाको जतिसुकै निन्दा गरे पनि थोरै हुन्छ । त्यसरी घटनाको विश्वव्यापी भत्र्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनु पर्दछ भन्ने हाम्रो धारणा छ,’ पूर्व राजाका सम्वाद सचिव डा. फणिराज पाठकका नाममा जारी शोक वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।