१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


श्रीमानको किरिया बसेकी श्रीमतीको पनि निधन



दाङ
तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको आज निधन भएको छ । तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
पाँच दिनअघि मृत्यु भएका पति नारायणप्रसाद आचार्यको किरियामा बसेकी शर्मा आज बिहान अचानक बिरामी भएपछि उपचारका लागि राप्ती लाइफ केयर अस्पताल मोतिपुर लगिएको थियो । उपचारका क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
श्रीमान्को निधनको आज छैटौँ दिनमा उनको निधन भएपछि परिवार, आफन्त तथा स्थानीय शोकमा डुबेका छन् । शर्मा नेपाल रेडक्रसका केन्द्रीय सदस्य तथा विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध थिए ।
उनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।