१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


घरायसी विवादमा श्रीमतीको हत्या



म्याग्दी
श्रीमान्ले दाउरा प्रहार गरी आज बिहान श्रीमतीको हत्या गरेका छन् ।
बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।
पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक सागर पौडेलले मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालमा राखिएको र घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिएका छन् ।
घरायसी विषयमा विवाद हुँदा राजुले श्रीमतीको टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १२ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।