२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्ररबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक शुक्रबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले धारणा राखे । आजको बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई बहुमतले पारित गरेको छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफलपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ लाई पारित गरियोस् भनी राखेको प्रस्तावमा बहुमत सांसदहरूले सहमति जनाए ।

विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौरसियाले उक्त विधेयकले प्रचलित कानुनमा रहेका प्राविधिक त्रुटिहरूको सुधार गर्दै नेपालको दिगो विकास, सुशासनको प्रत्याभूति र वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

अब यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउनेछ । सभामुख हुँदै राष्ट्रपति कहाँ पुगेपछि राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै ऐनको रूपमा कार्यान्वयनमा आउनेछ ।

त्यस्तै बैठकबाट ‘भन्सार विधेयक, २०८१’ पनि पारित भएको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विधेयकलाई पारित गरियोस् प्रस्तुत गरेको प्रस्तावमा संसद्का बहुमत सांसदहरूले सहमति जनाए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।