१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतको केआईआईटी विश्वविद्यालयमा अर्की नेपाली छात्रा मृत भेटिइन्



काठमाडौं । भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा एक नेपाली विद्यार्थी मृत भेटिएकी छिन् । ओडिशा टिभीको अनलाइन संस्करणले सो विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको जनाएको छ ।

उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी हुन्। कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी मृत फेला परेको पुष्टि गरेका छन् । तर, यो विषयमा विश्वविद्यालयले कुनै जानकारी दिएको छैन ।

यसअघि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो । त्यसपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा विश्वविद्यालय प्रशासनले अमानजनक व्यवहार गरेको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।