२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतको कलिङ्गा फेरि नेपाली छात्राको मृत्युः परराष्ट्रले थाल्यो कूटनीतिक पहल



वीरगञ्ज (पर्सा)
परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ ।

छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको आइआइटीमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाबाट आफू मर्माहत भएको बताउँदै “परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य, तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ”, उल्लेख गरेकी छिन् ।

 

उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ मृत फेला परेकी थिइन् ।। कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी मृत फेला परेको पुष्टि गरेका छन् । तर, यो विषयमा विश्वविद्यालयले कुनै जानकारी दिएको छैन ।

यसअघि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव भेटिएको थियो । त्यसपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूमा विश्वविद्यालय प्रशासनले अमानजनक व्यवहार गरेको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ११ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।