२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आवासीय चिकित्सक र सरकारबीच सहमति, आन्दोलन फिर्ता



काठमाडौं । आवासीय चिकित्सक र सरकारबीच सहमति भएको छ। शनिबार काठमाडौंमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच भएको छलफलपछि सहमति भएको हो। सहमति भएसँगै आवासीय चिकित्सकहरूको आन्दोलन स्थगित भएको छ।

स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरूले चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङ यथाशीघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीनवटा सम्झौता भएसँगै आवासीय चिकित्सकहरू आन्दोलन छाड्न सहमत भएका हुन्।

सहमतिसँगै सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री पौडेलले आवासीय चिकित्सकहरूका माग पूरा गर्न स्वास्थ्य मन्त्रालय तयार रहेको र त्यसको कार्यान्वयन गर्ने सहमति भएको बताए। सहमतिसँगै आन्दोलनको कार्यक्रम फिर्ता लिन चिकित्सकहरू तयार रहेको बताए। आवासीय चिकित्सकहरूलाई काम गर्ने वातावरण बनाइदिन पनि निजी मेडिकल कलेजसँग आग्रह गरे। चिकित्सा शिक्षा आयोगले गरेका निर्णय सबै कार्यान्वयन गर्ने गरी मन्त्रालयले वातावरण बनाउने प्रतिबद्धता जनाए।

मन्त्री पौडेलले भने‚ ‘नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय चिकित्सकहरूको आन्दोलन भएको थियो। हामीले दुई पक्षीय समझदारी गरेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता स्वास्थ्य मन्त्रालयले गरेको छ। त्यो प्रतिबद्धता गरिसकेपछि नेपाल चिकित्सक संघ आन्दोलन फिर्ता लिन तयार हुनुभएको छ। उहाँहरुसँग भएको सम्झौतालाई हामीले इमान्दारीपूर्वक कार्यान्वयन गर्नेछौँ।’

आवासीय चिकित्सकहरूले निर्वाह भत्ता आठौं तह सरह हुनुपर्ने, आवासीय चिकित्सकहरूको सुत्केरी बिदा, बिरामी बिदा, ड्युटी आवरको कुरा पनि उठाएको उनले बताए। अहिले आन्दोलनपछि निजी मेडिकल कलेजबाट पनि आठौं तह सरह भत्ता दिने प्रतिबद्धता आएको र विभिन्न कलेजमा आवासीय चिकित्सकहरू काम गर्न फर्किसकेको उनले बताए।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।