२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारत पाकिस्तान तनाव : नेपालले भारतको पक्ष लिएको राजदुत श्रीवास्तवको दाबी 



भारत द्वन्द्व चर्कियोस् भन्ने पक्षमा छैन तर देश र जनताको रक्षाको पक्षमा भने कोहीकसैसँग सम्झौता गर्ने पक्षमा छैन । यता पाकिस्तानी जनतासमेत शान्तिका पक्षमा देखिन्छन्, सम्पूर्ण विश्व समुदाय आतङ्कवादको विरुद्धमा उभिएको अवस्था छ, यसतर्फ पाकिस्तानी सरकार र त्यहाँका सेनाको ध्यान जान जरुरी छ
काठमाडौं
पछिल्लो भारत पाकिस्तान तनावको परिस्थितीमा नेपालले भारतको पक्षमा समर्थन जनाएको दाबी गर्दै भारतीय राजदूत नवीन श्रीवास्तवले धन्यवाद दिएका छन् ।
असंलग्न परराष्ट्र नीति लिएको नेपालले कुनै पनि देशको पक्ष वा विपक्ष लिएको आधिकारिक धारणा सार्वजनिक नगरेको अवस्थामा राजदुत श्रीवास्तवले नेपाली सञ्चारमाध्यमहरुका सम्पादकहरु भेला पारेर राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको जानकारी दिँदै आतङ्कवादको विरोधसहित त्यसका विरुद्ध हुने कदमप्रति प्रधानमन्त्रीबाट ऐक्यबद्धता प्रकट भएको दाबी समेत गरेका छन् ।
उनले नेपालको भूमि आतङ्कवादको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेको जानकारी दिए ।
 राजदुत श्रीवास्तवल जम्मु–काश्मीर क्षेत्रमा भएको तनावलाई आतङ्ककारी हमलाको संज्ञा दिदै त्यसको विरुद्धमा नेपाल सरकार र समग्र नेपाली जनता उभिएको भन्दै खुशी व्यक्त गरे । उनले आतङ्कबादका विरुद्ध समग्र विश्व एक हुनुपर्नेमा बताए ।
काश्मीरको पहलगाममा एक नेपालीसहित २६ जना निर्दाेष मानिसको ज्यान लिनेगरी भएको आतङ्वादी हमला र त्यसपछि विकासित घटनाक्रमका बारेमा जानकारी दिँदै राजदूत श्रीवास्तवले पहलगाम हमलामा पाकिस्तान जिम्मेवार रहेको जिकिर गरे ।
पाकिस्तानको ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ)’ले गत ‘२२ अप्रिल’मा पहलगाममा २६ जना सर्वसाधरण मानिसको ज्यान लिने गरी हमला गरेको दाबी गर्दै उनले त्यसपछि पनि जम्मु–काश्मीर क्षेत्रका सर्वसाधरण जनतासहित धार्मिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका सम्पदालाई लक्षित गरी लगातार आक्रमण गरिहेको र जसरी हुन्छ दुई देशबीच द्वन्द्व चर्काउन खोजिरहेको भनी खेद व्यक्त गरे ।
पहलगाम हमलापछि पनि पाकिस्तानले सीमा क्षेत्रमा ड्रोन तथा मिसाइल आक्रमणलाई तीव्रता दिइरहेको, काश्मीर क्षेत्रस्थित ‘लाइन अफ कन्ट्रोल’को भारतीय सेनाका चेकपोष्ट ध्वस्त बनाएको र १६ जना भारतीयको मृत्यु भएका उनको भनाई छ ।  उनले यस किसिमको अपूरणीय क्षतिका बावजुद्  भारतको तर्फबाट संयमता अपनाइ जवाफी कारवाही मात्र गरेको बताए ।
पाकिस्तान सरकारकातर्फबाट छिमेकी दुई देशबीचको द्वन्द्वलाई बढवा दिने गरी नियोजित रूपमा लगातार गलत र भ्रामक सूचना सम्प्रेषण भइरहेका उनको दाबी छ । श्रीवास्तवले भने, “भारत द्वन्द्व चर्कियोस् भन्ने पक्षमा छैन तर देश र जनताको रक्षाको पक्षमा भने कोहीकसैसँग सम्झौता गर्ने पक्षमा छैन । यता पाकिस्तानी जनतासमेत शान्तिका पक्षमा देखिन्छन्, सम्पूर्ण विश्व समुदाय आतङ्कवादको विरुद्धमा उभिएको अवस्था छ, यसतर्फ पाकिस्तानी सरकार र त्यहाँका सेनाको ध्यान जान जरुरी छ ।”
भारतका जिम्मेवार आमसञ्चारमाध्यम र निकायबाट युद्धलाई प्रश्रय दिने काम नभएको उनको दाबी छ । उनले नेपाली सञ्चारमाध्यमका सम्पादकहरुलाई द्वन्द्वसम्बन्धी यथार्थ एवं वास्तविक समाचारका लागि राज्यका आधिकारिक निकायसँग भर पर्न  भन्दै आफ्नो पक्षमा समाचार लेख्न सुझाए ।
पत्रकारको प्रश्नको जवाफमा राजदूत श्रीवास्तवले भारतस्थित संवेदनशील क्षेत्रका केही विमानस्थल र सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको बताए ।
उनले पेट्रोलियम पदार्थसहित कुनै पनि किसिमका वस्तुको नेपालतर्फको आपूर्ति व्यवस्था सहज हुने भएकाले ढुक्क हुन अनुरोध गरे ।

प्रकाशित मिति : २७ बैशाख २०८२, शनिबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।