२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अविरल वर्षाका कारण अवरुद्ध बीपी  राजमार्ग संचालनमा



काठमाडौं । बीपी राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको हो ।

बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका–११ स्थित माम्तीमा बाढीले डाइार्भसन बगाउँदा सडक अवरुद्ध भएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरेपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

काठमाडौंबाट पूर्व जाने सवारीलाई भकुन्डेमा र पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई सिन्धुलीमा होल्ड गरिएको थियो । अहिले भने रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।