२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको छपेलीबाट लागूऔषध सहित दुई युवक पक्राउ



 

काठमाडौं
दक्षिण ललितपुरको छपेलीबाट लागूऔषध सहित दुई युवकहरु पक्राउ परेका छन्

प्रहरीका अनुरा ललितपुरको बागमती गाउँपालिका २ छपेलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ६ ट्याब्लेट र नगद ३५ हजार ३ सय ३० रूपैयाँ सहित २ युवालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका–८ घर भएका ३१ वर्षीय विकेश स्याङ्तान र सोही गाउँपालिका–४ घर भएका ३२ वर्षीय दिनेश बहादुर बोम्जन रहेका छन् ।

प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले मकवानपुरबाट ललितपुरतर्फ आउँदै गरेको बा.८० प ३३६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ६ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।