९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भ्रष्टाचार मुद्दा दायर भएसँगै बस्नेत सांसदबाट स्वतःनिलम्बित



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा ३ अर्ब बढीको बिगो र कैद माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेस सांसद मोहन बस्नेतको सांसद पद स्वत: निलम्बनमा परेको छ। बस्नेत २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ को दफा १७ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दायर भएमा स्वत: निलम्बनमा पर्ने व्यवस्था छ। आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै बस्नेतसहित पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  १ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।