३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सगरमाथा आरोहणका क्रममा एक जनाको निधन



काठमाडौँ
सगरमाथा आरोहणका क्रममा एक जनाको निधन भएको छ ।

सगरमाथाको चौथो शिविरमा गएराति आराम गरिरहेका अवस्थामा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको निधन भएको हो ।

पर्यटन विभागका अनुसार उनी स्नो होराइजन टेक्स एण्ड एक्सपिडिसन प्रालिमार्फत सगरमाथा आरोहणमा गएका थिए ।

फिलिप चौथो शिविरमा करिब रातको ७÷८ बजे थकित अवस्थामा पुगेको र आराम गरेका अवस्थामा निधन भएको आरोहणदलका सदस्यबाट आज विहान जानकारी प्राप्त भएको विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मृतकको शव आवश्यक प्रक्रिया पु¥याएर आधार शिविर ल्याउने प्रक्रिया भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।