२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यको कारण देखाउँदै देउवासँगको भेट आजका लागि सारिएको थियो । आज पनि स्वास्थ्य त्यति राम्रो नभए पनि बाहिरको कार्यक्रममा सहभागी नभई प्रधानमन्त्री निवासमै भेटघाटको कार्यक्रम राखिएको हो ।

प्रधानमन्त्रीको अस्वस्थताको कारण आज संसदमा जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।