ललितखबर
ललितपुर महानगरका मेयर चिरीवावु महर्जनको कार्यशैलीलाई लिएर नगरबासीले तीब्र आलोचना गरेका छन् ।
ललितपुर महानगरको हरिसिद्धिमा आयोजित सार्वजनिक सुनुवाईमा मेयर महर्जनले भाषणमा स्मार्टसिटी भन्ने गरेको तर नगरको अवस्था नाजुक रहेको भन्दै नगरबासीले विरोध गरे ।
सहभागीहरुले नगरभित्र ढल नहुँदा सडकमै खोला बग्ने गरेको हात्तीवन क्षेत्रमा ढल ल्याएर खुला ठाँउमा छोडेको कारण डुवानमा परेको ईंटा भट्टाका कारण वस्ती धुलाम्मे पर्ने गरेको,फुटपाथ नबनाउदा हिड्न समस्या परेको, टिपर आतंक नरोकेको र सुकुम्बासी र भूमिहिनहरुको समस्या समाधान नगरेकोजस्ता गुनासो गर्दै विरोध गरेका हुन् ।
नगरभित्र रहेको कर्मनासा खोला र नख्खु खोलामा पुल नभएको, नगरभित्रको सार्वजनिक जग्गा मिचिएको, खानेपानीको चर्को शुल्क उठाएको र खानेपानीको चरम समस्या रहेको नगरबासीको गुनासो थियो ।
मेयर महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने भाषण गर्दै सबै काम एकै पटक नहुने बताए ।
उपमेयर मञ्जली शाक्यले नगरभित्र धेरै समस्या रहेको स्वकिार गर्दै समाधान गर्ने कोसिस गर्ने आश्वासन दिइन् ।
९ जेष्ठ २०८२, बिहिबार
0
Shares








प्रतिक्रिया