३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राजावादीहरूका गतिविधिलाई प्रतिबन्ध लगाउने सरकारको संकेत



काठमाडौं । सरकारले गणतन्त्रविरुद्ध राजावादीहरूले चुनौती दिइरहे राजावादीहरूको गतिविधिलाई नै प्रतिबन्ध लगाउने संकेत गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा त्यस्तो संकेत गरेका हुन् ।

राजावादीहरूको. आन्दोलन कार्यक्रमलाई संकेत गर्दै सरकारका प्रवक्ता गुरुङले भने, ‘हामीले उहाँहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिएका छौँ, त्यो हाम्रो कमजोरी होइन, हामी डराएको पनि होइन । उदारतापूर्वक अभ्यास गरौँ भनेर छाडिदिएका हौँ । तर सधैँ यस्तो गतिविधि गरिरहे सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन । प्रतिवाद हुन्छ । त्यो गतिविधिले कस्तो रूप लिन्छ त्यही अनुसार सरकारले प्रतिवाद गर्छ । संविधानमा प्रतिबन्ध लगाउन सक्ने छुट पनि छ ।’

उनले राजावादीहरूको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म नलगाएको बताए । सरकारले आगामी जेठ १५ गते राजावादीहरूलाई प्रदर्शनका लागि दिइएको छुटलाई कमजोरी नठान्न पनि उनले चेतावनी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, बिहिबार  ४ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।