२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बागमती एमालेलाई ओलीको निर्देशन : १५ गते राजावादीलाई निस्तेज पार्नू, काठमाडौं कब्जा गर्नू



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेका लागि राजावादीहरूले आह्वान गरेको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नेकपा एमाले बागमती प्रदेश समितिले आइतबार आयोजना गरेको वडाध्यक्षहरूको प्रशिक्षण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले जेठ १५ गते तथाकथित राजावादीहरूले प्रदर्शन तय गरेको भन्दै त्यस विरुद्ध एमाले जुट्नुपर्ने बताए। ‘हामी पार्टीका सिपाही जस्ता हौँ। सिटीको भरमा हामी तयार हुनुपर्छ। हाम्रा हरेक क्षेत्रमा भोलेन्टियर तयार गर्न पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भोलेन्टियर खाली पानी बाँड्ने मात्र होइन। देशको रक्षा गर्न पनि चाहिन्छ। लोकतन्त्रको रक्षा गर्न चाहिन्छ। संविधानको रक्षा गर्न चाहिन्छ। सरकारको र पार्टीको रक्षा गर्न चाहिन्छ।’

त्यसपछि जेठ १५ गतेका लागि तयारी थाल्न पनि उनले निर्देशन दिए। ‘म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। यहाँबाट उठ्ने वित्तिकै १५ गतेको तयारी थाल्नुस्। १५ गते केके गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ’, प्रधानमन्त्री ओलीले भने।

त्यो दिन ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्ने उनले बताए।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  ४ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।