१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज राजधानीको टुडिखेल आपसास राजावादी र एमालेको प्रदर्शन, काठमाडौँमा विशेष सुरक्षा सतर्कता



 

काठमाडौँ
आज राजधानीको टुडिखेल आपसास राजावादी र एमालेको प्रदर्शन गर्ने भएका छन् । प्रर्दशनलाई लक्षित गरेर सरकारले काठमाडौँमा विशेष सुरक्षा सतर्कता अपनाएको छ ।

आज राप्रपा र राप्रपानेपालसहितका दलहरु नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको ब्यानरमा काठमाडौँमा शान्तिपूर्ण आन्दोलन गर्ने तयारी गरिएको छ ।

अर्कोतर्फ राजावादीको आजको अन्दोलनसँगै एमालेले गणतन्त्र उत्सव मनाउने भन्दै भृकुटीमण्डप क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ । एमालेले सांस्कृतिक झाँकी सहित कार्यक्रम गर्ने बताएको छ । एमालेले यो प्रदर्शन कसैविरुद्ध नभएर गणतन्त्रको उत्सव मनाउने बताएको छ ।

जनान्दोलन समितिले रत्नपार्कमा प्रदर्शन गर्ने भनेपनि काठमाडौँ प्रशासनले त्यसको स्वीकृति नदिएको बुझिएको छ । प्रशासनले राजावादीहरुको प्रदर्शन रिङरोड बाहिर नै होस् भन्ने सन्देश दिएको बुझिएको छ ।

प्रशासनले गत चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनलाई मध्यनजर राख्दै विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफुहरुको शान्तिपूर्ण प्रदर्शनमाथि दमन भएमा प्रतिकार गर्ने चेतावनी दिएका छन् । राप्रपाले आजको आन्दोलनका लागि २५ हजारभन्दा बढी कार्यक्रता काठमाडौँ आइसकेको बताएको छ ।

 

 

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ७ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।