१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


३.१५ प्रतिशत जनसंख्यामा पुगेन आधारभूत खानेपानी सेवाको पहुँच



काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणले अझै ३.१५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानी सेवाको पहुँच नपुगेको देखाएको छ।

अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको चालू आवको सर्वेक्षणले यस्तो देखाएको हो।

यसअनुसार २०८१ फागुनसम्म आधारभूत खानेपानी सेवाको पहुँच पुगेको जनसङ्ख्या ९६.८५ प्रतिशत र सुरक्षित खानेपानी (उच्च मध्यमस्तर सेवाको पहुँच पुगेको जनसङ्ख्या २८.५० प्रतिशत पुगेको छ ।

२०८१ असारसम्म यस्तो जनसङ्ख्या क्रमशः ९६.७५ प्रतिशत र २७.७६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न १७ खानेपानी आयोजना सम्पन्न भएका छन् । सम्पन्न भएका आयोजनाबाट यस अवधिमा थप २ लाख ५ हजार ५ सय ६९ जनसङ्ख्यामा खानेपानी सेवा विस्तार भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत खानेपानी वितरणको लागि ७९६ किलोमिटर पाइप विछ्याउने लक्ष्य रहेकोमा २०८१ फागुनसम्म ७६० किलोमिटर पाइपलाइन विछ्याउने कार्य सम्पन्न भएको छ ।

काठमाडौँ उपत्यकाभित्र २६५ सरकारी विद्यालय, ४६ सरकारी भवन र ८९ सार्वजनिक भवन गरी हालसम्म ४०० स्थानमा वर्षातको पानी सङ्कलन प्रविधि जडान भएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ३ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।