२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन



कास्की
पोखरा महानगरपालिका–२५ मर्दी खोलाको ड्याममा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ ।

साथीहरुका साथमा पौडी खेल्न गएका माछापुच्छ«े गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनको गोताखोरसहितको उद्धार टोलीले उनीहरुको उद्धारको प्रयास गरेको थियो । अस्तामका ६ बालक मर्दीमा पौडी खेल्न गएका थिए । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।