१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुँदै



काठमाडौं । कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको छ ।
शुक्रबार उनको स्वास्थ्यमा समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको अन्नपूर्ण न्युरोका मेडिकल डाइरेक्टर डा.सुदन ढकालले बताए । उनले उच्च रक्तचाप, मधुमेहलगायत रोगको औषधि सेवन गरिरहेका थिए।
रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए । जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले रिहा गर्न आदेश दिएको थियो ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।