१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महामन्त्री गगन र डा. शेखरबीच भेटवार्ता, काँग्रेसमा तरंग



काठमाडौं
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा शुक्रबार बिहान कोइराला र थापाबीच भेटवार्ता भएको हो ।

दुवैबीच पछिल्लो समय मनमुटाव भएको चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दुवैबीच करिब ११ महिनापछि भएको यो भेटवार्ताले कांग्रेसको आन्तरिक राजनीति तरंगित समेत बनेको छ ।

महामन्त्री थापालाई सभापति शेरबहादुर देउवासँग मिलेको र कोइरालासँग दूरी बनाएको आरोप समेत लागेको थियो । पार्टीको १४औँ महाधिवेशनमा एउटै प्यानलबाट सभापति र महामन्त्री पदमा उम्मेदवारी दिएका यी दुई नेताबीचको यो भेटले सम्बन्ध सुधारको सङ्केत गरेको छ ।

पछिल्ला दिनहरुमा महामन्त्री थापा वर्तमान सरकारसँग असन्तुष्ट रहेका छन् । हरेक विषयमा आफ्नो प्रतिक्रिया दिने महामन्त्री थापाले सरकारको नीति तथा कार्यक्रम र विहिबार ल्याएको बजेटमा समेत कुनै प्रतिक्रिया दिएका छैनन् ।
त्यस्तै कोइराला पनि वर्तमान सरकारको आलोचकको रुपमा आफ्ना धारणा राख्दै आएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।