१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मौसम : आज पनि झरि पर्ने सम्भावना, यस्तो छ अवस्था



काठमाडौं
आज देशका विभिन्न स्थानमा झरि पर्ने मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । महाशाखाले देशभर आंशिक देखि साधारणतया बदली रही रहने जनाएको छ ।

कोशी प्रदेशको केही स्थानहरूमा, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी प्रदेशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा र बाँकी उच्च(पहाडी तथा हिमाली भू(भागका ‍एक(दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज दिउसो कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले हाल देशको पश्चिम र मध्य भु(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८२, शनिबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।