२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


इमाडोल बोझेपोखरीमा दिउँसै चोरी



ललितपुर
ललितपुरको इमाडोलको एक घरमा दिउँसै चोरी भएको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ३ बोझेपोखरी डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका १३ पुर्णहल घर भएका बिधान श्रेष्ठको कोठाबाट चोरी भएको हो ।

उनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको प्रहरीको भनाई छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।