ललितपुर
प्रेस चौतारी नेपाल ललितपुरको स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानसँगै चियापान कार्यक्रमको आयोजना गरिएको छ ।
नेकपा एमालेको जनवर्गीय प्रेस संगठन प्रेस चौतारी नेपाल ललितपुर जिल्ला शाखाले आफ्नो स्थापनाको २६ औँ वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको हो ।
ललितपुरको सातदोबाटोमा आयोजना गरिएको कार्यक्रममा चौतारीको संस्थापक अध्यक्षमा कपिल घिमीरेले आफू गोरखापत्रको मधुपर्कको सम्पादकको रुपमा कार्यरत रहँदा प्रगतिशील पत्रकारहरुको हकहितको लागि जिल्लामा प्रेस चौतारीको आवश्यकता महसुस गरी संगठन स्थापना गरिएको बताए ।
एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले चौतारीमा आबद्ध पत्रकारहरुलाई निर्भीक र निडर भएर पार्टीमाथी पछिल्लो समय भईरहेको प्रहारको विरुद्धमा कलम चलाउन समेत आग्रह गरेका छन् ।
चौतारीका केन्द्रिय अध्यक्ष गणेश पाण्डेले जिल्लाको चौतारीमा आबद्ध पत्रकारहरुलाई टिक्ने वातावरण बनाउन पार्टी र जिल्ला प्रचार विभागलाई आग्रह समेत गरे ।
वार्षिकोत्सब कार्यक्रममा प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा ललितपुर जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सदस्य, विभाग प्रमुख उपप्रमुख हरुलाई बधाई पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रेस चौतारी आबद्ध पत्रकार र जिल्लाका विभिन्न तहमा कार्यरत नेताहरुको सहभागिता थियो ।








प्रतिक्रिया