२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरको राजस्व संकलन ७५ प्रतिशत मात्रै



ललितखबर
ललितपुर महानरले चालु आर्थिक बर्षमा ७५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ ।
ललितपुरको एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर महानगरले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
गत आर्थिक बर्षका लागि महानगरले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।
महानगरले चालु आर्थिक बर्षमा ६८.१४ प्रतिशत मात्रै खर्च गरेको छ । त्यसमध्ये चालुतर्फ ८५.३२ र पुँगगतर्फ ६०.६२ प्रतिशत मात्रै छ । महानगरले बेरुजु भने ०.५२ प्रतिशत मात्रै रहेको जनाएको छ ।
आगामी आर्थिक बर्षमा महानगरको आर्थिक विकाशका लागि ८ प्रतिशत,पुर्वाधार विकासका लागि ६६ प्रतिशत,सामाजिक विकाशका लागि २८ प्रतिशत, विपत ब्यवस्थापनका लाग ६ प्रतिशत र सुशासन र अन्य विधामा ३ प्रतिशत बजेट छुट्याएको छ ।

 

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।