२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको इमाडोलबाट ७ जना जुवाडे पक्राउ



ललितपुर, पाटन
ललितपुरको इमाडोलबाट ७ जना जुवाडे पक्राउ परेका छन् ।

ललितपुर प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका १ इमाडोल सम्झनाटोल बस्ने ७० वर्षीय सानुबाबु देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सानुबाबु समेत ७ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार २ सय ५० रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, सोमबार  १० : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।