२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर टिकाथलीमा डेरा कोठाबाट ७ लाख बराबरको धनमाल चोरी



ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–५, टिकाथलीमा रहेको एक डेरा कोठाबाट करीब ७ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ। चोरीको घटना बुधबार साँझ भएको हो। रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१३ घर भई हाल टिकाथलीमा डेरा गरी बस्ने २० वर्षीया निर्मला केसीको उक्त धनमान चोरी भएको हो ।

प्रहरीका अनुसार चोरी भएको सामानमा सुन तथा नगद रकम रहेको छ। हाल चोरीमा संलग्न व्यक्ति फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले घटनाबारे अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार डेरा रहेको कोठामा कसरी प्रवेश भयो, र घटनाको समय के-कस्तो गतिविधि देखियो भन्ने विषयमा जानकारी सङ्कलन भइरहेको छ।

 

प्रकाशित मिति : ९ श्रावण २०८२, बिहिबार  ४ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।