२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


लगनखेलमा पुर्ननिर्माण हुँदैछ ऐतिहासिक सप्तपाताल पोखरी (तस्विरहरु)



ललितखबर/लगनखेल
इतिहाँसको एउटा कालखण्डमा बनेको सप्तपाताल पोखरीमा केही वर्षअघिसम्म कमलको फूल फुल्थ्यो । बढ्दो सहरीकरणसँगै पोखरी चक्रपथ निर्माण भयो । टिकाभैरवबाट राजकुलो हुँदै आउने पानी चक्रपथ निर्माणको क्रममा सातदोबाटोमा थुनिएसँगै सप्तपाताल पोखरी सुक्यो झारपात उम्रिन थाल्यो ।


यही पोखरीमा नमूना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन बनाइयो । पाटनको सभ्यताको प्रतिक रहेको पोखरी मासिएर भवन खडाभएपछि यहाँका स्थानीयले चित्त दुखाए अनि मुद्दा गरेर फिर्ता ल्याएपछि ललितपुर महानगरले विद्यालयको भवन भत्काएर पोखरी व्युँताउन लागेको छ ।
महानगरको पहलमा नेपाली सेनाले समेत कव्जामा राखेर कवाज खेल्ने ठाँउ पोखरी मातहत आएको छ । अहिले यहाँ पोखरी र पार्क निर्माणको काम भइरहेको छ ।


करिव दुई सय रोपनीभन्दा ठूलो पोखरी वरपर केही समयअघिसम्म घाँसै घाँस थियो ।
पछिल्लो समय अशोक स्तुपाको छाया टल्कने मनोरम पोखरी पुर्ननिर्माणको सपना देखेका पाटनबासीको सपना साकार बन्ने क्रममा छ ।


प्रस्तुत छ ललितखबरको क्यामेराको भ्यूफाइण्डरबाट देखिएको केही दृश्यहरु :

     

प्रकाशित मिति : १३ श्रावण २०८२, सोमबार  ११ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।